
ईकोनोमिक खबर, काठमाडौं।
मंगलबारको नेप्से परिसूचक १२.०९ अंकले घटेको छ । बजार खुलेदेखि उतारचढाव देखिएको बजारमा कारोबार बन्द हुँदा परिसूचक ०.९० प्रतिशतले घटेर १३३७ अंकमा झरेको छ ।
दिनभरको बजारमा कूल एक अर्ब ५७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कूल १७६ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार गर्नेमा बीमा कम्पनीहरु अग्रस्थानमा रहेका छन् । सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनीको १० करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, दोश्रो र तेश्रो स्थानमा नेको इन्स्योरेन्स कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यी कम्पनीको क्रमशः ६ करोड १३ लाख र ४ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् ।
बजारमा चार समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ७६ अंकले घटेको छ । होटल ७४, माइक्रोफाइनान्स २२, हाइड्रोपावर १६, बैंकिङ १३ र उत्पादनमूलक ११ अंकले घटेका छन् । सबैभन्दा निर्जीवन बीमा समूह २८ अंकले बढेको छ । विकास बैंक, फाइनान्स र अन्य समूह सामान्य अंकले बढेका छन् ।