
ईकोनोमिक खबर, काठमाडौं।
काठमाडौं उपत्यकामा थप २ सय ३२ जनासहित देशभर ८ सय ५५ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डां जागेश्वर गौतमका अनुसार मंगलबार २७१ जना महिला र ५८४ जना पुरुष संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले आज नियमित मिडिया ब्रिफिङमा बताए अनुसार आज काठमाडौंमा १ सय ९९ भक्तपुरमा १४ र ललितपुरमा १९ गरी उपत्यकामा संक्रमित थपिएका छन्। मन्त्रालय अनुसार योसँगै नेपालमा संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ।
त्यस्तै मंगलबारसम्म १४ हजार २ सय ५० जना आइसोलेसनमा छन् आज देशभरबाट ३ सय १३ डिस्चार्ज भएका छन्। त्यस्तै ११ हजार ३ सय २७ जनाको मंगलबार पिसिआर गरिएको छ। हाल देशभर १० हजार ४ सय ५३ क्वारेन्टाइनमा रहेका छन्।