युवा नेता केसीलाई भेट्न प्रचण्ड नर्भिकमा


ईकोनोमिक खबर, काठमाडौं
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) नर्भिक अस्पताल पुगेका छन्।

पार्टीका एक नेताको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिन सोमबार साँझ प्रचण्ड थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका हुन् ।
माओवादीका नेता कृष्ण केसीको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न प्रचण्ड स्वकीय सचिव(छोरी) गंगा दाहालसहित अस्पताल पुगेका थिए । त्यहाँ उनले केसीको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग समेत कुरा गरेका थिए।

नेता केसीसँग समेत कुरा गरी करिब १५ मिनेट अस्पताल बसेर उनी बाहिरिएका थिए।

माओवादीका युवा नेता केसीलाई घाँटीमा घाउ देखिएपछि अगस्ट ४ मा नर्भिक अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको छातिमा समेत सामान्य समस्या देखिएको छ । अवस्था सामान्य छ ।

केसीमा कोभिडको लक्षण समेत देखिएको सोमबार नै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । रिपोर्ट आइसकेको छैन।