
काठमाडौं। साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।
सोमबार, नेप्से परिसूचक ०।०७ अंकले बढेर १९८०।३४ अंक विन्दुमा आइपुगेको छ।
आज ७३ लाख ४१ हजार कित्ता सेयर २ अर्ब ९५ करोड ९४ लाखमा खरिद बिक्री भएको छ।
त्यस्तै, ९९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२८ वटा कम्पनीको घटेको छ भने १७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।
त्यसैगरि, पोखरा फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ। कम्पनीको आज १७ करोड ५४ लाख रुपैयाँमाथिको कारोबार भएको छ।
त्यस्तै, नेपाल फाइनान्सको १४ करोड ७० लाख, जानकी फाइनान्सको ९ करोड ३२ लाख, गोर्खाज फाइनान्सको ९ करोड ८ लाख, मल्टीपर्पेस फाइनान्सको ७ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ।