अण्डाको मूल्यमा वृद्धि प्रति गोटा रु १०


ईकोनोमिक खबर, चितवन।

नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले कृषकले पाउने अण्डाको मूल्यमा वृद्धि गरी प्रति गोटा रु १० बनाएको छ। सङ्घले शनिबारदेखि लागू हुनेगरी कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट रु २५५ र मध्यम अण्डाको प्रति क्रेट रु १७० कायम गरिएको सङ्घका अध्यक्षले जानकारी दिए। यसअघि कृषकले ठूलो अण्डाको प्रति क्रेट रु २०० र मध्यम अण्डाको प्रति क्रेट रु ११५ पाउँदै आएका थिए।

नेपालमा आत्मनिर्भर क्षेत्रको रुपमा कुखुरापालन ब्यवसाय रहेको छ। यसमा ब्यवसाय १ खर्बको लगानी रहेको छ। जसमा लेयर्स र ब्रोईलरको मुख्यरुपमा उत्पादन गरीन्छ, दैनिक रुपमा ३५ लाख गोटा अण्डा उत्पादन हुन्छ। यस क्षेत्रमा प्रत्यक्ष रूपमा एक लाख ७५ हजार व्यक्तिले रोजगारी पाएका छन्।भने अप्रत्यक्ष रुपमा दुई लाख भन्दा बढी सङ्लग्न छन्।।