गरिमा म्युचूअल फण्ड अन्तर्गत “गरिमा समृद्धि योजना” इकाई बाँडफाँड


“गरिमा समृद्धि योजना” बन्दमुखी योजनाको बीज पूँजी सहित गरिमा म्युचूअल फण्ड अन्तर्गत इकाई बाँडफाँड गरिएको छ ।

गरिमा क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा गरिमा विकास बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको छ, गरिमा म्युचूअल फण्ड अन्तर्गत “गरिमा समृद्धि योजना” बन्दमुखी योजनाको बीज पूँजी सहित अंकित मूल्य रु.१०/- दरका १०,००,००,००० (दश करोड) इकाईहरु मिति २०८१/०९/०७ गतेदेखि २०८१/०९/११ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा उक्त अवधिभर रितपूर्वक आवेदन दिनुभएका ९४,६८१ जना आवेदकहरु मार्फत १२,१८,७८,५१० इकाईका लागि रितपूर्वक आवेदन दिएकाछन।

प्राप्त भएकोमा निष्काशन गरिएको इकाई भन्दा अधिक इकाईकोे लागि आवेदन प्राप्त हुन आएकोले विद्यमान “सामूहिक लगानी कोष निर्देशिका, २०६९” मा भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशत सम्मको इकाई बाँडफाँड गर्न सकिनेछ ।

 इकाई खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई “धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४” को अधिनमा रहि २०८१/०९/१८ गते बिहानको ९ः०० बजे निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा इकाई बाँडफाँड गरी बीज पूँजी सहित योजनाको आकार रु.१,२५,००,००,०००/- (अक्षरेपी एक अर्ब पच्चिस करोड रुपैयाँ मात्र) अर्थात १२,५०,००,००० इकाई कायम गरिएको छ ।