
ईकोनोमिक खबर, संवाददाता,
चैत्र कृष्ण औँसीका दिन शुक्रबार काठमाडौँको टुँडिखेलमा अश्व(घोडा) कला तथा दौड प्रतियोगिता गरेर घोडेजात्रा पर्व मनाइँदै छ । टुँडिखेलमा नेपाली सेनाले र पाटन बालकुमारीमा ज्यापु समुदायबाट यो जात्रा मनाउने चलन छ।
पाटनमा एकल कान’ घोडालाई हाहाहुहु गर्दै धपाएर पाटन बजार परिक्रमा गराएर यो जात्रा मनाईन्छ।
टुन्डी नामक राक्षसले शहरका बालबच्चा मार्न थालेपछि यिनै राक्षसलाई तन्त्रविधिद्वारा शहर बाहिर बाँधेर गाडेपछि घोडाको टापले सधैँका लागि थिचेर राख्नुपर्छ भनेर टुँडिखेलमा घोडेजात्रा मनाउन थालिएको इतिहास छ। त्यतिबेला इतिहासमा टुँडिखेल काठमाडौँ शहर बाहिर पथ्र्यो। उपत्यकाका नेवार समुदायले यो जात्रा धुमधामका साथ मनाउँछन्।