एनआरएनएमा नयाँ नेतृत्व पन्त कि आचार्य


ईकोनोमिक खबर, काठमाडौं।
यतिबेला एनआरएनए (गैरआवासीय नेपाली संघ)मा नयाँ नेतृत्व तथा विश्व सम्मेलनका लागी विश्वभरी बाट ह्यायत रेजेन्सी, काठमाडौंमा भेला भएका छन् । आज देखि शरु भएको विश्व सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीे बाट गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलनको समुद्घघाटन गर्नुभयो।

एनआरएनएको नवौं विश्व सम्मेलनबाट पाँचौं कार्यसमिति चयनका लागि निर्वाचन समेत हुँदैछ । बुधबार मनोनयन अगाडि नै सम्मेलन स्थल ह्यात रिजेन्सी होटल निर्वाचनमय भइसकेको छ। अहिले विदेशका रहेका नेपालीहरु बिचमा भेटघाटका साथै भोट माग्ने समयको गर्मागर्मी चलेको छ, यसमा विभिन्न देशबाट आएका प्रतिनिधिहरु साथीसँग भेटघाटमा रमेको पाईन्छ। निर्वाचनका लागी हालसम्म उम्मेदवारी दिने घोषणा गरेका जर्मनीका कुमार पन्त तथा बेलायतका कूल आचार्यको पक्षमा व्यापक प्रचार प्रसार भइरहेको छ।