बझाङ, तनहुँको व्यास र दाङको घोराहीमा गरी ३ जनाको मृत्यु


ईकोनोमिक खबर, काठमाडौं।
बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको घटना स्थलमै मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका ८ सेलाखेतकी ३६ वर्षिया ज्ञानदेवी कोइरालाको मुत्यु भएको हो । भिरमा घाँस काटदै गर्दा लडेर करिव दुई सय मिटर तल खसेकी कोइरालको टाउँकोमा गम्भीर चोट लागेको थियो ।
तनहुँको व्यास नगरपालिका–३ शान्तिनगरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका–१ बाख्रेका १७ वर्षीय सन्देश सुनारको करेन्ट लागेर मृत्यु भएको हो । निर्माणाधीन घरको दोस्रो तल्लाबाट खसेर घाइते भएका सुनारको उपचारको क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिनुभयो ।
यस्तै, दाङको घोराहीमा एक मजदूरको काम गर्दैगर्दा भवनबाट खसेर मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–३ मा रहेको सगरमाथा सिमेन्ट कारखानामा काम गर्दै आएका ४५ वर्षीय रमेशकुमार पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोदविक्रम शाहले जनाकारी दिनुभयो ।