ईकोनोमिक खबर, काठमाडौँ।
यही फागुन २ गतेदेखि ७ गतेसम्म ६ दिनसम्म संचालनम रहने ‘क्यान इन्फोटेक २०२०’मा आज पनि घुईचो अत्याधिक भएको छ । अहिलेका युवा पुस्तामा नविनतम प्रविधिमा भएको विकास सँगै यसमा रुचि राख्ने गर्दछ, क्यान इन्फोटेक मुलुककै ठूलो सूचना प्रविधि सम्बन्धी मुख्य प्रदर्शनीको रुपमा रहको छ।
यस प्रदर्शनीमा रहेका १७४ स्टल सबैम जनमानसको हेर्ने र आफुलाई आवश्यक सुचना प्रविधिलाई बुझ्ने गरेको पाईन्छ। क्यान इन्फोटेकको मुख्य आर्कषकरुपमा इन्नोभेशन एक्स्पोजर रहने छ । यस अन्तर्गत स्टार्टअप र इन्नोभेसनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रोडक्टहरु र आइडियाको प्रदर्शनी गर्नेछन् । मुख्य आकर्षण इन्फोटेकमा स्टार्टअप आइडिया तथा प्रोजेक्ट प्रतिष्पर्धा र जुनियर इन्नोभेटरको प्रदर्शनीका साथै रोबोवार्स, क्वावोट, पुसवोट, ड्रोन डान्सिङ र रोबोट रेस जस्ता प्रतिपष्पर्धा पनि आयोजना गरिने क्यान आयोजकले बताएका छन।