एनएमबि बैंक र सिप्रदि बिच सहकार्य


ईकोनोमिक खबर, काठमाण्डौं। एनएमबि बैंक लिमिटेडले बिद्युतीय गाडीहरुमा न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदि ट्रेडिङ्ग संग सहकार्य गरेको छ।

यो सहकार्य बैंकिङ्ग क्षेत्रमै एक उत्कृष्ट योजना अन्तर्गत पर्दछ । जसमा ८०% फाइनान्सिङ्ग सहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घण्टा भित्र कर्जा प्रवाहहुने जानकारी गराइएको छ । वातावरणीय संरक्षणलाई सघाउ पु¥याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकले यो समझदारी गरेकोे छ जसमा न्युनब्याजदर, लचिलो समयावधि जस्ता विशेषताहरु समावेश गरिएको छ। एनएमबिको यस कर्जा योजना; ब्यवसाय संग संगै वातावरणीय दायित्व पुरा गर्नेे सचेत प्रयास पनि हो । यो योजनाले नेपालकै विद्युतलाई सदूपयोग हुने लक्ष्य लिइएको छ।

यस योजनाले विद्युतीय गाडी चढ्ने ग्राहकवर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई वातावरणलाई दिगो बनाउन समेत टेवापुग्ने छ, बैंकले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुतगर्दै आइरहेको छ । थप जानकारीको लागी [email protected] मा ईमेल वा ०१–५९७०१५०/५२ मा सम्पर्क गर्न सकिनेछ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।