
ईकोनोमिक खबर,काठमाण्डौं। सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि सानिमा भिसा डाईरेक्ट सेवा ल्याएको छ।
यो सेवा मार्फत् ग्राहकहरुले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्नेछन्।
विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यमहरू जस्तै इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र एटीएम बाट सजिलै रकमान्तर गर्न सकिनेछ।
यो सेवामा नविन प्रविधि भएकोले विश्वभरबाट सानिमा बैंकको भिसा कार्ड नम्बरमा पैसा प्राप्तगर्ने उपयुक्त बैकल्पिक माध्यम रहेको छ।
उक्त सेवा बैंकले VISA International संग सहकार्य गरी प्रदान गरेको हो। यो सरल, सुरक्षित र छरितो सेवा हो।
सानिमा बंैकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन्।
साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ।
विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/products/cards/discount-outletsमा उपलब्ध छ।