पारस खड्काद्धारा खेलकुदका सामाग्री हस्तान्तरण


ईकोनोमिक खबर, काठमाडौं। हेल्प फर ह्युमानिटी नेपालले युवा पर्यटन व्यवसायी सोनाम छिरिङ शेर्पासँगको सहकार्यमा क्रिकेट किट वितरण गरेको छ। 
नेपाली क्रिकेट टीमका पुर्व कप्तान पारस खड्काले सुदरपश्चिम दार्चुलाका अभिजीत अ‍ैरेलाई क्रिकेट किट हस्तान्तरण गरेका हुन।  क्रिकेट खेलप्रति लगाव रहेको तर आर्थिक अवस्था कमजोर रहेका अ‍ैरेलाई पर्यटन व्यवसायी शेर्पासंगको सहकार्यमा किट प्रदान गरिएको हो।

क्रिकेट किट प्रदान गर्दै पुर्व कप्तान खड्काले अ‍ैरेलाई सफल खेलाडी बन्न शुभकामना दिए। सहयोगका लागि हेल्प फर ह्युमानिटी टिम र सोनाम शेर्पालाई धन्यवाद दिए।
खेलकुदमा  जस्तै शिक्षा, स्वास्थ्य लगायत जुनसुकै क्षेत्रमा सहयोग गर्न उनले  हेल्प फर ह्युमानिटी नेपाललाई सुझाव दिए।

यस्तै पर्यटन व्यवसायी शेर्पाले विगतमा आफुले जस्तो समस्या भोग्नु नपरोस भनेर सहयोग गरेको जानकारी गराए। पहिला म पनि खेलप्रेमी थिए, त्यतिखेर रहर भएपनि आर्थिक अभावका कारण खेल सामग्रीहरु किन्न सकिदैन थियो । आफुले जस्तो समस्या अब आउने युवाले भोग्नु नपरोस भनेर यो सहयोग गरेको उनले बताए।

यसैगरी संस्थाका कोषाध्यक्ष चिरन्जीवि अधिकारीले पर्यटन व्यवसायी शेर्पा प्रति आभार व्यक्तगर्दै इच्छुक संघ संस्था वा समाजसेवीहरुलाई संस्थासँग सहकार्य गर्दै अघि बढ्न आह्वान समेत गरे ।      

हेल्प फर ह्युमानिटी नेपालले गर्ने सहयोग निरन्तरता रहने संस्थाका अध्यक्ष मधुसूदन ध्वज खड्काले जानकारी गराए ।