तीन दिन घटेको सेयरबजारमा आज भने सामान्य सुधार


आइतबार १०.६२ अङ्कले घटेको सेयरबजार आज ३.२७ अङ्कले बढेर २०७३.५३ विन्दुमा बन्द भएको छ ।

अघिल्लो कारोबारको दिन कुल ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३ सय ८४ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८ सय १८ रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार रकममा भने गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा सप्तकोशी विकास बैंक, धौलागिरी लघुवित्त, पिपुल्स पावर, गोर्खाज फाइनान्स र पिपुल्स हाइड्रो कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो । सर्वाधिक गुमाउनेमा मानुषी लघुवित्त रह्यो । ती कम्पनीको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज विकास बैंक समूहको उपसूचक सर्वाधिक १.३ प्रतिशतले बढ्दा वित्त समूहको उपसूचक १.०८ र होटल तथा पर्यटन समूहको उपसूचक ०.९१ प्रतिशतले बढ्यो ।
यसैगरी आज उत्पादन उपसूचक सर्वाधिक ०.८२ प्रतिशतले घट्दा लगानी समूहको उपसूचक ०.४६ प्रतिशतले घट्यो ।